टेटाडाको एक परिवारको दर्दनाक पीडा : बिहान-बेलुकाको छाक टार्नै कठिन

देउसिं लोहारको परिवारले भोगिरहेको पीडा केवल एउटा परिवारको कथा होइन, ग्रामीण भेगमा लुकेर रहेका थुप्रै यथार्थको प्रतिनिधि कथा हो ।

चैत्र ३०, २०८२

मोहन पनेरु

The painful suffering of a family in Tetada: It is difficult to survive the morning and evening meal

डोटी — पूर्वीचौकी गाउँपालिका- ७ टेटाडाका देउसिं लोहारको परिवार लामो समयदेखि अभाव र संघर्षबीच जीवन बिताइरहेको छ। साहुको खलो थापेर छ जनाको परिवार धान्दै आएका लोहारको दैनिक जीवन सहज छैन। बिहान-बेलुकाको छाक टार्नै कठिन हुने अवस्था, बालबालिकाको शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न झन् चुनौतीपूर्ण बन्दै गएको छ।

गाउँकै एक कुनामा रहेको उनको घरले गरिबीको वास्तविक चित्र देखाउँछ। सीमित स्रोत, अनिश्चित आम्दानी र बढ्दो आवश्यकता- यी सबैले परिवारलाई दिनप्रतिदिन थप समस्यातर्फ धकेलिरहेका छन्।

समाजका केही सहयोगी हात अहिले उनीहरूतर्फ आकर्षित भएका छन्। आज सुजंग अस्पताल राजपुर डोटी र सुजंग बोर्डिङ स्कुल राजपुर डोटीका प्रतिनिधि घरमै पुगेर केही राहत सामग्री प्रदान गरे। यद्यपि, उनीहरूको जीवनमा देखिएको समस्या केवल केही सहयोगले मात्र समाधान हुने खालको छैन।

देउसिं लोहारको परिवारको कथा एउटा उदाहरण मात्र हो, जहाँ अझै पनि गाउँघरमा यस्ता धेरै परिवार अभाव, बेरोजगारी र आधारभूत सेवाबाट वञ्चित भएरै बाँचिरहेका छन्। स्थानीय स्तरमा यस्ता समस्या पहिचान गरी दीर्घकालीन समाधानका उपाय खोज्नु आवश्यक छ।

देउसिं लोहारको परिवारले भोगिरहेको पीडा केवल एउटा परिवारको कथा होइन, ग्रामीण भेगमा लुकेर रहेका थुप्रै यथार्थको प्रतिनिधि कथा हो । जहाँ सानो सहयोगले आशा जगाउँछ, तर दिगो परिवर्तनका लागि अझ धेरै प्रयास आवश्यक छ।

मोहन

Link copied successfully