कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ कृष्णपुरकै पहरियाबाट चुरे क्षेत्रको कुमगडाको भित्री सडक खण्डमा से १ ज २९० नम्बरको जिप दुर्घटना भएको हो ।

चैत्र २६, २०८२

भवानी भट्ट

2 killed, 6 injured in jeep accident in Krishnapur, Kanchanpur

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ कुमगडामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णपुर-१ पहरियाका ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती देवी बोहरा रहेका छन् । दुर्घटनामा ६ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ कृष्णपुरकै पहरियाबाट चुरे क्षेत्रको कुमगडाको भित्री सडक खण्डमा से १ ज २९० नम्बरको जिप दुर्घटना भएको हो । जिप ५० मिटर तल खोल्सामा झरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार घाइते हुनेमा कृष्णपुर-१ का अर्जुन साउद, धनसरी बोहरा, सरिता बोहरा, भावना पार्की, रमेश घटाल र भीमदत्त नगरपालिका-८ की गंगा विष्ट रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धनगढी पठाइएको छ । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully