सुदूरपश्चिमका मुख्यमन्त्री शाहको व्हाट्सएप अकाउन्ट ह्रयाक

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालका अनुसार मुख्यमन्त्रीको अकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज गएर रकम माग भइरहेको जानकारी भएको छ ।

चैत्र १७, २०८२

अर्जुन शाह

Far West Chief Minister Shah's WhatsApp account hacked

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको व्हाट्सएप अकाउन्ट हृयाक भएको उनको सचिवालयले जनाएको छ । 

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालका अनुसार मुख्यमन्त्रीको अकाउन्टबाट विभिन्न व्यक्तिलाई म्यासेज गएर रकम माग भइरहेको जानकारी भएको छ । 

त्यसपछि मात्र आफूहरुले व्हाट्सएप अकाउन्ट ह्याक भएको जानकारी पाएको उनले बताए । व्हाट्सएप अकाउन्ट हृयाक भएको सार्वजनिक जानकारी गराउँदै सचेत भइदिन आग्रह गरेका छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully