डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु गएको हो।

चैत्र १०, २०८२

मोहन पनेरु

Jeep accident in Doti: Two people die

डोटी — जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्लामा सोमबार राति बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु गएको हो।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ९ सय मिटर तल सायली गाडमा खसेको प्रहरीले जनाएको छ । दुर्घटना राति करिब १२:३० बजे भएको थियो ।

दुर्घटनामा चालकसमेत रहेका सुबोध रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै मृतकको शव खोलाबाट सडकसम्म ल्याउने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

मोहन

Link copied successfully