जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि कुकुरले बजार क्षेत्रमा आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिएर महेन्द्रनगरस्थित पशु सेवा विज्ञ केन्द्रमा बुझाइएको छ ।
कञ्चनपुर — कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रमा छाडा कुकुरले आतंक मच्चाएको छ । आइतबार बजार र आसपासका क्षेत्रमा एकै दिन एक छाडा कुकुरले १६ जनालाई टोकेर आतंक मच्चाएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहानैदेखि कुकुरले बजार क्षेत्रमा आतंक मच्चाएपछि त्यसलाई नियन्त्रणमा लिइएको थियो । घाइते भएकाहरुको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
कुकुरलाई नियन्त्रणमा लिएर महेन्द्रनगरस्थित पशु सेवा विज्ञ केन्द्रमा बुझाइएको प्रहरीले जनाएको छ ।
