विदाइ भएर फर्किरहेका निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु

निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो ।

फाल्गुन २९, २०८२

मनोज बडू

Election policeman falls to death from cliff while returning from farewell

दार्चुला — निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ ।

निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो ।

लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने क्रममा लेकम–१ स्थित दानुखोला भीरबाट लडेर घाइते भएका थिए ।

घाइते धामीलाई प्रारम्भिक उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully