बाजुरामा नेपाली कांग्रेसका गिरी निर्वाचित

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मत ल्याए ।

फाल्गुन २४, २०८२

अर्जुन शाह

Nepali Congress' Giri elected in Bajura

बाजुरा —  

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाजुरामा नेपाली कांग्रेसका जनक गिरी निर्वाचित भएका छन्।

उनी  १७ हजार १ सय ७३ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६ सय ३३ मत ल्याए भने रास्वपाका हेमराज थापाले ६ हजार ३५ मत पाए।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका प्रकाश शाहले ३ हजार ४ सय  २४ मत मत ल्याए चौथे बने।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully