कैलाली- १ मा रास्वपाकी ज्ञवाली विजयी 

उनी १७ हजार ८ सय २४ मत ल्याएर विजयी भइन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

RSP's Gyawali wins in Kailali-1

कैलाली — कैलाली– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली विजयी भएकी छन् । उनी १७ हजार ८ सय २४ मत ल्याएर विजयी भइन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८ सय ६७ मत ल्याएका छन् । त्यस्तै नेकपाका रामलाल डगौराले ८ हजार ३ सय ९२ मत पाएका छन् ।

कान्तिपुर

Link copied successfully