डोटीमा एमालेको झिनो अग्रता

प्रारम्भिक नतिजाअनुसार नेकपा (एमाले)का दीपक धामीले ५ सय ४९ मत प्राप्त गर्दै अग्रस्थान बनाएका छन्।

फाल्गुन २२, २०८२

मोहन पनेरु

डोटी — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार नेकपा (एमाले)का दीपक धामीले ५ सय ४९ मत प्राप्त गर्दै अग्रस्थान बनाएका छन्।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका त्रिलाेचन भट्ट  ५ सय ३९ मत, नेपाली कांग्रेसका भरतबहादुर खड्का २ सय ९८  र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्रबहादुर खड्काले १ सय ५९ मत प्राप्त गरेका छन्।

अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खड्क अग्रवालले ४ मत, जनमोर्चाका मनाेज भट्ट ३ मत, र नेकपा (माओवादी केन्द्र) का प्रकश कठायतले ११ मत प्राप्त गरेका छन्। यसैगरी नेमकिपाका खड्क बहादुर शाहीले १ मत प्राप्त गरेका छन् ।

मोहन

Link copied successfully