बैतडीमा रास्वपाको अग्रता

प्रत्यक्षतर्फको १ हजार २५ मत गणना हुँदा बैतडीमा रास्वपाका हरिमोहन भण्डारीले ३ सय ६८ मतका साथ अग्रता लिएका हुन् ।

फाल्गुन २२, २०८२

मोहन चन्द

RSPB leads in Baitadi

बैतडी — बिहीबार सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ हजार २५ मत गणना हुँदा बैतडीमा रास्वपाका हरिमोहन भण्डारीले अग्रता लिएका छन् । उनले ३ सय ६८ मतका साथ अग्रता बनाएका हुन् ।

यस क्षेत्रमा कांग्रेसका उम्मेदावार चतुरबहादुर चन्दले २ सय ५८, एमालेका दामोदर भण्डारीले १ सय ८७, नेकपाका परमानन्द भट्टले १ सय १४ र राप्रपाका भूपेन चन्दले १० मत प्राप्त गरेका छन् ।

अहिलेसम्म यहाँ ७५ मत बदर भएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully