कञ्चनपुर–३ मा पनि रास्वपाका ज्ञानेन्द्र अगाडि

निर्वाचन अधिकृत तारा प्रसाद जोशीका अनुसार हालसम्म करिब ९०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महताले ३८७ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।

फाल्गुन २२, २०८२

हरिश्चन्द्र बाग

Gyanendra of the Rashtriya Swayamsevak Sangh (RSS) is also ahead in Kanchanpur-3.

काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृत तारा प्रसाद जोशीका अनुसार हालसम्म करिब ९०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र महताले ३८७ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले १५६ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार डा. दीपक प्रकाश भट्टले ८५ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुल १ लाख ३ हजार ८७ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५८ हजार ३६१ मत खसेको छ । जसमा ३२ हजार ७३० महिला र २५ हजार ६३१ पुरुष रहनु भएको छ । यस क्षेत्रमा ५६.६२ प्रतिशत मतदान भएको छ । १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

हरिश्चन्द्र

Link copied successfully