डडेलधुरामा आधा पनि खसेन मत 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ४९.०८ प्रतिशत मात्रै मतदान भएको छ । जिल्लामा रहेका ९३ हजार ४०३ मतदातामध्ये ४५ हजार ९०९ मत खसेको छ । खसेको मतमध्ये महिला २५ हजार ३१३ र पुरुष २० हजार ५९६ रहेका छन् ।

फाल्गुन २१, २०८२

तर्कराज भट्ट

Not even half of the votes fell in Dadeldhura.

डडेलधुरा — एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सम्पन्न मतदानमा आधाभन्दा कम मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ४९.०८ प्रतिशत मात्रै मतदान भएको छ । जिल्लामा रहेका ९३ हजार ४०३ मतदातामध्ये ४५ हजार ९०९ मत खसेको छ । खसेको मतमध्ये महिला २५ हजार ३१३ र पुरुष २० हजार ५९६ रहेका छन् ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन गरिएको थियो । जिल्लाभर १०४ मतदानस्थल र एउटा अस्थायी मतदान केन्द्रसहित १४३ मतदान केन्द्रमा मतदान सम्पन्न भएको  कार्यालयले जनाएको छ ।

जिल्लाभरका मतदान केन्द्रमा मतदान भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । 

तर्कराज

Link copied successfully