२ बजेसम्म अछाममा २८.१५ प्रतिशत मत खसेको छ ।
अछाम — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछामका अधिकांश मतदान केन्द्र दिउँसोपछि सुनसान देखिन थालेका छन् । २ बजेसम्म अछाममा २८.१५ प्रतिशत मत खसेको छ ।
दिउँसो करिब २ बजेदेखि धेरै मतदान स्थलमा मतदाताको भिड घट्दै गएको छ। बिहानदेखि उत्साहका साथ मतदानमा सहभागी भएका मतदाता क्रमशः कम हुँदै जाँदा धेरै केन्द्र खालीजस्तै देखिन थालेका छन्।
केही स्थानमा छिटपुट मतदाता मात्रै मतदान गर्न आउने क्रम जारी छ भने धेरै मतदान केन्द्रमा मतदाता नआउँदा वातावरण शान्त देखिएको छ।
निर्वाचन अधिकारीहरूका अनुसार बिहानको समयमा तुलनात्मक रूपमा बढी मत खसेको थियो। दिउँसोपछि भने अधिकांश मतदाता मतदान गरिसकेकाले केन्द्रहरू सुनसान देखिन थालेका हुन्।
