कञ्चनपुरमा ५८ प्रतिशत मतदान

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार क्षेत्र नं. १ मा ६१ हजार ७४ जनाले मतदान गरेका छन् । जुन कुल मतदाताको ६० दशमलव ४ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख १ हजार ७२४ मतदाता छन् ।

फाल्गुन २१, २०८२

भवानी भट्ट

58 percent voting in Kanchanpur

कञ्चनपुर — कञ्चनपुरमा ५८ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वटै निर्वाचन क्षेत्रमा १ लाख ८४ हजार ३१६ जनाले मतदान गरेका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार क्षेत्र नं. १ मा ६१ हजार ७४ जनाले मतदान गरेका छन् । जुन कुल मतदाताको ६० दशमलव ४ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख १ हजार ७२४ मतदाता छन् । 

क्षेत्र नं. २ मा ६४ हजार ८८१ मत खसेको छ । जुन ५९ दशमलव २१ प्रतिशत हो । उक्त क्षेत्रमा १ लाख ९ हजार ५७४ मतदाता छन् । यसैगरी क्षेत्र नं. ३ मा ५८ हजार ३६१ मत खसेको छ । जुन ५८ दशमलव ६३ प्रतिशत हो । तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदाता छन् । 

अहिले तीनवटै निर्वाचन क्षेत्रमा मतपेटिकाहरु ढुवानीको काम भइरहेको छ । मतपेटिका संकलन भइसकेपछि तत्काल सर्वदलिय बैठक राखेर आजै रातिदेखि मतगणनाको तयारी भइरहेको महराले जानकारी दिए । 

क्षेत्र नं. ३ को मतगणना जिल्ला समन्वय समितिको हलमा मतगणना गरिनेछ । यसैगरी २ को शुक्लाफाँटा नगरपालिका १० को सभाहल र १ को बेलौरी नगरपालिका ४ को सभाहलमा मतगणना गरिनेछ । मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully