दार्चुलामा ५३.७६ प्रतिशत मतदान

सबै मतदान केन्द्रमा निर्धारित समयमा ४९ हजार ९६८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाल्गुन २१, २०८२

मनोज बडू

53.76 percent voter turnout in Darchula

दार्चुला — प्रतिनिधिसभा सदस्य निर्वाचनमा दार्चुलामा ५३.७६ प्रतिशत मतदान भएको छ । सबै मतदान केन्द्रमा निर्धारित समयमा ४९ हजार ९६८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्लामा कुल मतदाता ९२ हजार ९४८ रहेका थिए । 

जसमध्ये २६ हजार ६३१ महिला र २३ हजार ३३७ महिला मतदाताहरूले मतदान गरेका छन् ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully