सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान

कञ्चनपुरमा सबैभन्दा बढी ५८.६ प्रतिशत मतदान भएको छ भने कैलालीमा ५५.४ प्रतिशत, दार्चुलामा ५३.८ प्रतिशत र बाजुरामा ५२.६ प्रतिशत मतदान भएको छ ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

50.9 percent voter turnout in the Far West

काठमाडौँ — सुदूरपश्चिम प्रदेशमा ५०.९ प्रतिशत मतदान भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर कुल १७ लाख १६ हजार ६ सय ६० मतदातामध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले मतदान गरेका छन् ।

कञ्चनपुरमा सबैभन्दा बढी ५८.६ प्रतिशत मतदान भएको छ भने कैलालीमा ५५.४ प्रतिशत, दार्चुलामा ५३.८ प्रतिशत र बाजुरामा ५२.६ प्रतिशत मतदान भएको छ ।

यस्तै डडेल्धुरामा ४९.२ प्रतिशत, बैतडीमा ४६.८ प्रतिशत, बझाङमा ४१.१ प्रतिशत, डोटीमा ४०.९ प्रतिशत र अछाममा सबैभन्दा कम ३९.२ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशभरका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

कान्तिपुर

Link copied successfully