मतदान गर्नेमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र एक जना अन्य गरी जम्मा ७३ हजार १४८ जनाले मतदान गरेका छन् । यो संख्या कुल मतदाताको ४६.७८ प्रतिशत हो ।
बैतडी — बैतडीमा ४६.७८ प्रतिशत मतदान भएको छ । जिल्लाको जम्मा १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७३ हजार १४८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटेर नरेश दयालले जानकारी दिए ।
मतदान गर्नेमा ४० हजार ५७२ महिला, ३२ हजार ५७५ पुरुष र एक जना अन्य गरी जम्मा ७३ हजार १४८ जनाले मतदान गरेका छन् । यो संख्या कुल मतदाताको ४६.७८ प्रतिशत हो ।
जिल्लाभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको र मतपेटिका संकलन भइरहेको मुख्य निर्वाचन कार्यालय बैतडीका निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए ।