अछाममा ३९.१८ प्रतिशत मतदान, महिलाको मत बढी खस्यो

जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये महिला ३६ हजार ९३९, पुरुष २७ हजार ८३९ र अन्य २ रहेका छन् । यसअनुसार पुरुषको तुलनामा महिलाको मत बढी खसेको देखिएको छ ।

फाल्गुन २१, २०८२

मेनुका ढुंगाना

39.18 percent voter turnout in Achham, women's vote dropped more

अछाम — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछाममा कुल ६४ हजार ७८० मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार खसेको मतमध्ये महिला ३६ हजार ९३९, पुरुष २७ हजार ८३९ र अन्य २ रहेका छन् । यसअनुसार पुरुषको तुलनामा महिलाको मत बढी खसेको देखिएको छ ।

जिल्लामा कुल १ लाख ६५ हजार ३३७ मतदाता रहेका छन् । तीमध्ये महिला ८३ हजार ३०१, पुरुष ८२ हजार ३४ र अन्य २ जना छन् । कुल मतदातामध्ये ३९ दशमलव १८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अछाममा प्रतिनिधिसभाअन्तर्गत दुई निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नम्बर–१ मा १०५ र क्षेत्र नम्बर–२ मा १०८ गरी जिल्लाभर २१३ मतदान केन्द्र रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ र अछाम–२ बाट दलका ८/८ जना उम्मेदवार तथा एक स्वतन्त्र उम्मेदवार गरी १७ जना चुनावी मैदानमा छन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully