बैतडीमा दिउँसो २ बजेसम्म ३० प्रतिशत मत खस्यो

दिउँसो २ बजेसम्म बैतडीमा २५ हजार ३ सय महिला, २३ हजार २ सय १४ पुरुष र अन्य एक जना जनाले मतादान गरेका हुन् ।

फाल्गुन २१, २०८२

मोहन चन्द

30 percent of votes cast in Baitadi by 2 pm

बैतडी — प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बैतडीमा दिउँसो २ बजेसम्म ३० प्रतिशत मत खसेको छ । 

१ लाख ५६ हजार ३ सय ७२ मतदातामध्ये ४८ हजार ५ सय १५ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका कम्प्युटर अपरेटेर नरेश दयालले जानकारी दिए ।

दिउँसो २ बजेसम्म बैतडीमा २५ हजार ३ सय महिला, २३ हजार २ सय १४ पुरुष र अन्य एक जना जनाले मतादान गरेका हुन् ।

जिल्लाभरि शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताले उत्साहका साथ निर्वाचनमा भाग लिइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully