उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने जस्ता लक्षणले दुई दाइभाइको मृत्यु भएको वडाध्यक्ष हिक्मत विष्टले जानकारी दिए । विनोदको गत सोमबार र विकासको शनिबार बिहान मृत्यु भएको हो ।
What you should know
बैतडी — यहाँ फैलिएको ज्वरोका कारण एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–१० महरा गाउाका कैलाश महरा र मानमती महराका छोरा १३ वर्षीय विनोद महरा र १० वर्षीय विकास महरा रहेका छन् ।
उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने जस्ता लक्षणले दुई दाइभाइको मृत्यु भएको वडाध्यक्ष हिक्मत विष्टले जानकारी दिए । विनोदको गत सोमबार र विकासको शनिबार बिहान मृत्यु भएको हो ।
एक साताभित्रै दुई छोरा गुमाएकी मानमती शोक र रोग दुइटैले ग्रस्त बनेकी छिन् । कामको सिलसिलमा बाहिर रहेका उनका श्रीमान् कैलाश पनि जेठो छोराको मृत्युको खबर पाएपछि घर आएका थिए । कैलाशको स्वास्थ्य भने सामान्य रहेको छ ।
महरा दम्पतीका दुई मात्रै छोरा हुन् । दुइटैको मृत्यु भएपछि महरा दम्पतीको काख रित्तिएको छ । यो घटनाले गाउा नै शोकमा परेको छ ।
मृतककी आमासहित महरा गाउँका दर्जन बढीलाई पनि ज्वरो आएको छ । घटना भएको खबर पाउने बित्तिकै शनिबार नै स्वास्थ्यकर्मी प्रभावित ठाउातिर पठाएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख जनस्वास्थ्य अधिकृत तीर्थराज भट्टले बताए । जिल्ला अस्पताल बैतडीका डा. सिजन खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा गएर फर्किसकेको छ । बिरामी सबैलाई चेकजााच गरी औषधि दिई उनीहरूको स्वाब जम्मा गरेर परीक्षणका लागि धनगढी पठाएको डा. खड्काले बताए ।
सोही गाउाका ४० जनामा ज्वरोको संक्रमण देखिएको छ । अहिले नै यो रोग हो भनेर भन्न सकिने अवस्था नरहेको र परीक्षणपश्चात् मात्र थाहा हुने उनले बताए । कुनै महामारी नभइ फुडपोइजन हुन सक्ने आशंका गरिएकाले अरु बिरामीलाई नआत्तिन पनि डा. खड्काले आग्रह गरेका छन् ।
