दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा बिहीबार साँझ पौने ५ बजेतिर बसको ढोकाबाट खसेर भट्ट घाइते भएका थिए ।
बैतडी — बैतडीमा बसको ढोकबाट खसेर एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बैतडीतर्फ आइरहेको सुपप्र ०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६८ वर्षीय पदमराज भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका–१ गुरुखोलास्थित मोडमा बिहीबार साँझ पौने ५ बजेतिर बसकोढोकाबाट खसेर भट्ट घाइते भएका थिए ।
तत्कालै उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी दिपक कुमार रायले जानकारी दिए।
टाउकोमा चोट रहेको र कानबाट अत्यधिक रगत बगेका कारण उनको मृत्यु भएको हुन सक्ने जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । बस र चालक दशरथ महरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
