घरमै मृत भेटिएकी एकल वृद्धाको हत्याको आशंका

मृत फेला परेकी वृद्धाको गरगहना नभेटिएका हत्याको आशंका गरिएको हो।

माघ २७, २०८२

मनोज बडू

Murder suspected in single elderly woman found dead at home

दार्चुला — दार्चुलामा एक वृद्धा महिला आफ्नै घरमा मृत फेला परेकी छन् । शैल्यशिखर नगरपालिका–८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा एक्लै बस्दै आएकी एकल महिला मृत फेला परेकी हुन् । घटनास्थलमा प्रहरी निरीक्षक निरजसिंह भाटसहितको टोली खटिएको छ । 

घरमा एक्लै बस्ने वृद्धा जोशीकोशव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत फेला परेकी जोशीको सुनका गरगहना लुटपाट गरिएकोले हत्याको आशंका गरिएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully