आमसञ्चार विधेयक चाँडै ल्याउँछौःं कानुनमन्त्री सार्की

सञ्चार क्षेत्रको परामर्शपछि प्रस्तावित विधेयकलाई अन्तिम रुप दिइएको उनले बताए।

माघ १६, २०८२

मोहन चन्द

बैतडी — सुदूपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले आमसञ्चार विधेयक चाँडै ल्याउने तयारी भएको बताएका छन् ।

उनले अगामी मन्त्रिपरिषद् बैठकबाट पारित गरेर प्रदेशसभामा पेश गर्न लागिएको बताए । 

प्रदेश सरकारले तयार पारेको आमसञ्चार विधेयकका केही प्रावधान माथि पत्रकार महासंघलगायत सञ्चार क्षेत्रले विरोध जनाएको थियो । सञ्चार क्षेत्रको परामर्शपछि प्रस्तावित विधेयकलाई अन्तिम रुप दिइएको उनले बताए।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिद्वारा बैतडीमा आयोजित पत्रकारकालागि ‘एआई मल्टिमिडिया र मोबाइल पत्रकारिता’ सम्बन्धी तालिमको उद्घाटन सत्रमा बोल्दै मन्त्री सार्कीले विधेयक पारित भएपछि प्रेस रजिष्टार नियुक्त भएर सञ्चार क्षेत्रको सुदृढीकरण एवं व्यवस्थापनमा सहज हुने बताए । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully