पाटन नगरपालिका–३ मा रहेको विश्वनाथ ज्योतिर्लिङ बनारसी धाममा बुधबार मेला लाग्ने भएकाले नगरपालिकाभरि सार्वजनिक विदा दिइएको हो ।
बैतडी — बैतडीको पाटन नगरपालिकाले बुधबार सार्वजनिक विदा दिएको छ ।
पाटन नगरपालिका–३ मा रहेको विश्वनाथ ज्योतिर्लिङ बनारसी धाममा बुधबार मेला लाग्ने भएकाले नगरपालिकाभरि सार्वजनिक विदा दिइएको हो ।
माघ ९ गते बसेको नगरप्रमुख स्तरीय निर्णय अनुसार विश्वनाथ ज्योतिर्लिङ बनारसी धाम मेलाका दिन नगरपालिकाभित्र रहेका सबै सरकारी कार्यालय र शैक्षिक संस्थामा एक दिन विदा दिइएको सूचनामा उल्लेख छ।