राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट डा.ताराप्रसाद जोशीलाई उम्मेदवार बनाएको छ । यही सन्दर्भमा बालेन्द्र शाहको डडेल्धुरा भ्रमणलाई चुनावी तयारीसँगै जोडेर हेरिएको छ ।
डडेल्धुरा — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बुधबार डडेल्धुराको तुफानडाँडा आउने भएका छन् । पछिल्लो समय देशका विभिन्न जिल्लामा राजनीतिक गतिविधि केन्द्रित गर्दै आएका शाहको डडेल्धुरा आगमनलाई चासोका साथ हेरिएको छ ।
रास्वपा जिल्ला सभापति सुरेन्द्र अवस्थीका अनुसार बुधबार बिहान ९ बजे तुफानडाँडामा आयोजना हुने कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकलाई उपस्थित हुन अनुरोध गरिएको छ । उनले बालेन्द्र शाहको उपस्थितिले जिल्लामा पार्टीको गतिविधि थप सशक्त हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट डा.ताराप्रसाद जोशीलाई उम्मेदवार बनाएको छ । यही सन्दर्भमा शाहको डडेल्धुरा भ्रमणलाई चुनावी तयारीसँगै जोडेर हेरिएको छ ।
पछिल्लो समय बालेन्द्र शाह विभिन्न जिल्लाको भ्रमणमा निस्कँदै पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता– समर्थक भेटघाट तथा राजनीतिक सन्देश प्रवाहमा सक्रिय देखिँदै आएका छन् । डडेल्धुरामा हुने कार्यक्रममार्फत उनले पार्टीको धारणा र आगामी निर्वाचनबारे आˆनो दृष्टिकोण राख्ने अपेक्षा गरिएको छ ।
