मेलौलीका विद्यालयमा तीन दिन बिदा

नगरपालिकाले सूचना जारी गर्दै पालिकाभित्रका सामुदायिक शैक्षिक संस्थामा तीन दिन स्थानीय बिदा दिएको हो।

माघ १२, २०८२

मोहन चन्द

Three-day holiday for schools in Melauli

बैतडी — बैतडीको मेलौली नगरपालिकाले नगरपालिकाका शैक्षिक संस्थाहरुमा तीन दिन स्थानीय बिदा दिएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै पालिकाभित्रका सामुदायिक शैक्षिक संस्थामा तीन दिन स्थानीय बिदा दिएको हो। 

नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छटौँ संस्करण संचालन हुने भएकाले नगरपालिकाले शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिएको नगरप्रमुख भीमबहादुर चन्दले जानकारी दिए।

मंगलबारदेखि बिहीबारसम्म नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिइएको र नगरपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सूचनामा उल्लेख गरिएको छ।  

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully