निर्वाचन एमाले र कांग्रेसले गठबन्धन गरेका थिए ।
धनगढी — सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा एमालेकी लीलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्।
प्रदेश निर्वाचन कार्यालयका अनुसार महिलातर्फ एमाले उम्मेदवार भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गर्दै विजयी भएकी हुन्। यस्तै, कांग्रेस उम्मेदवार खम्मबहादुर खाती ३ हजार ९६९ मतभार प्राप्त गर्दै विजयी भएका हुन्।
भण्डारीसँग पराजित भएकी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार प्राप्त गरिन् भने खातीसँग पराजित भएका कम्युनिष्ट पार्टीकै टिकाराम जैशीले १ हजार ८०५ मतभार पाएका छन्।
निर्वाचन एमाले र कांग्रेसले गठबन्धन गरेका थिए ।
