बैतडीमा कांग्रेसका चतुरबहादुर चन्दलाई समर्थन गर्दै तेजबहादुरको उम्मेदवारी फिर्ता

कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताए।

माघ ९, २०८२

मोहन चन्द

Tej Bahadur withdraws candidacy in Baitadi, supporting Congress' Chatur Bahadur Chand

बैतडी — प्रतिनिधिसभा सदस्यका लागि बैतडीमा स्वतन्त्र उम्मेदवारी दिएका तेजबहादुर चन्दले उम्मदवारी फिर्ता लिएका छन् ।

कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएका हुन्।

चतुरबहादुर चन्दको पक्षमा मत माग्न पार्टीको निर्देशन अनुसार चुनावी अभियानमा सक्रिय बनेको तेजबहादुरले बताए । उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन्।

बैतडीमा कांग्रेसबाट चन्द, एमालेबाट दामोदर भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट परमानन्द भट्ट, रास्वपाबाट हरिमोहन भण्डारी, राप्रपाबाट भूपेन्द्रबहादुर चन्दलगायत ११ जना उम्मदेवार छन् । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष समेत रहेका कांग्रेस जिल्ला सभापति चन्द संसदीय निर्वाचनमा पहिलो पटक उम्मेदवार बनेका हुन् ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully