डोटीमा चट्याङ पर्दा घर भत्कियो, बालक घाइते

मामाघरमा बसेर पढ्दै आएका पुन घाइते भएका स्थानीय बासिन्दा तथा शिक्षक धनबहादुर लामिछाने मगरले जानकारी दिएका छन् । पुनको स्थायी घर बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौर हो ।

माघ ९, २०८२

मोहन पनेरु

Lightning strikes house in Doti, child injured

काठमाडौँ — डोटीको बडिकेदार गाउँपालिका–२ सडेखानमा शुक्रबार साँझ करिब साढे ७ बजे चट्याङ पर्दा ७ वर्षका दिपेश पुन घाइते भएका छन् । 

मामाघरमा बसेर पढ्दै आएका पुन घाइते भएका स्थानीय बासिन्दा तथा शिक्षक धनबहादुर लामिछाने मगरले जानकारी दिएका छन् । पुनको स्थायी घर बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौर हो ।

चट्याङले घन्साराम लामिछाने मगरको घरसमेत भत्किएको छ । दिपेश बेहोसमा रहेकाले स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा रहेको डोटी प्रहरीले जानकारी दिएको छ । आज डोटीमा हल्का वर्षा पनि भएको छ ।

मोहन पनेरु

Link copied successfully