बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो ।

माघ ८, २०८२

रासस

One dead, three injured in tractor accident in Baitadi

बैतडी — दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर बिहीबार बिहान दुर्घटना भएको हो ।   

दुर्घटनामा परेर एकको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन् ।

मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ । 

रासस

Link copied successfully