डोटीमा मनोनयन दर्ता समयतालिका सार्वजनिक

जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीचको समन्वय र सहमतिका आधारमा मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको बताएको छ।

माघ ६, २०८२

मोहन पनेरु

Nomination registration schedule in Doti made public

डोटी — प्रतिनिधिसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता प्रक्रिया व्यवस्थित गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले समयतालिका सार्वजनिक गरेको छ।

जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले राजनीतिक दल र स्वतन्त्र उम्मेदवारबीचको समन्वय र सहमतिका आधारमा मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको बताएको छ।

सूचनाअनुसार बिहान १० बजेदेखि स्वतन्त्र उम्मेदवार र अन्य दलले मनोनयन दर्ता गर्न सक्नेछन् भने नेपाली कांग्रेसले दिउँसो ४ बजे मनोनयन दर्ता गर्ने व्यवस्था गरिएको छ।

समयतालिका सार्वजनिक गरिएसँगै उम्मेदवारलाई आवश्यक कागजात र तयारी पूरा गरेर तोकिएको समयमा दर्ता गर्न निर्वाचन कार्यालयले अनुरोध गरेको छ।

मनोनयन दर्ता समयतालिका

बिहान १०:०० बजे – स्वतन्त्र उम्मेदवार तथा अन्य दल

बिहान ११:०० बजे – नेपाल कम्युनिस्ट पार्टी

बिहान ११:३० बजे – नेपाल मजदुर किसान पार्टी

दिउँसो १:०० बजे – राष्ट्रिय जनमोर्चा पार्टी

दिउँसो १:१५ बजे – राष्ट्रिय प्रजातन्त्र पार्टी

दिउँसो १:३० बजे – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)

दिउँसो २:०० बजे – राष्ट्रिय स्वतन्त्र पार्टी

दिउँसो ३:०० बजे – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

दिउँसो ४:०० बजे – नेपाली कांग्रेस पार्टी

समाचारअनुसार मनोनयन दर्ता गर्ने कार्यालयलाई व्यवस्थित बनाउन समयतालिका जारी गरिएको हो।

माघ ६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिइएको छ।

मुख्य निर्वाचन अधिकृत पद्मराज पाण्डेले सबै दल र उम्मेदवारलाई समयमै कार्यालयमा पुगेर मनोनयन दर्ता गर्न अनुरोध गरेका छन्।

मोहन

Link copied successfully