२०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी जोशी दोस्रो पटक उम्मेदवार बनेका हुन् ।
दार्चुला — नेपाली कम्युनिस्ट पार्टीले दार्चुलाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ लक्ष्मणदत्त जोशीलाई उम्मेदवार चयन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीले नेकपाका केन्द्रीय सदस्य जोशीको नाम टुंगो लगाएको नेकपाका नेता जमनसिंह धामीले बताएका छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी जोशी दोस्रो पटक उम्मेदवार बनेका हुन् ।
पुस १२ गतेको जिल्ला कमिटीको बैठकले जोशीसहित एक महिला र अन्य चार जनाको नाम सिफारिस गरेको नेकपा दार्चुलाले जनाएको छ ।
