सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा

पश्चिम नेपालमा थारु समुदायले माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै मनाउन सुरु गर्ने भएकाले प्रदेश सरकारले पुस ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस २९, २०८२

मोहन पनेरु

Public holiday on Wednesday in the Far West

डोटी — सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी पर्वको अवसरमा पुस ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पश्चिम नेपालमा थारु समुदायले माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै मनाउन सुरु गर्ने भएकाले प्रदेश सरकारले पुस ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

पुस महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता’ (बंगुर) मारेर सामूहिक रूपमा पर्व मनाउने परम्परा छ। प्रदेश राजपत्रमा समेत पुस ३० गतेलाई ‘जिता पर्व’का रूपमा सार्वजनिक बिदा उल्लेख गरिएको छ ।

थारु समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउने प्रचलन रहेको छ। पुस महिनाको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष रूपमा माघी पर्व मनाइन्छ ।

यस अवसरमा माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछि स्थानीय तहबाट समेत सार्वजनिक बिदा दिइने गरिएको छ ।

मोहन

Link copied successfully