नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासिन्दाका साथै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
बझाङ — बझाङ सदरमुकाम चैनपुरमा लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाका साथै जय पृथ्वी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
आज बिहान एउटा टिनको टहराबाट आगो सुरु भएको थियो ।
