कैलालीबाट भागेका १९ भारतीयसहित २२६ कैदीबन्दी अझै फरार

कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन्।

पुस २५, २०८२

रासस

226 prisoners, including 19 Indians who escaped from Kailali, still at large

अत्तरिया (कैलाली) — कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दी फरार रहेका हुन् ।

कारागार प्रमुख चिरञ्जीवी सापकोटाका अनुसार भागेकामध्ये हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्रै कारागार फर्किएका छन्। एक कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको उनले जानकारी दिए। फरार रहेकामध्ये १९ भारतीय नागरिक रहेको उनले बताए। 

कारागार प्रशासनका अनुसार उक्त समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ जना महिला थिए। प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेको, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए । 'फर्किएकामध्ये धेरैजसो आफै सम्पर्कमा आएका हुन्, केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको हो,' उनले भने, 'कारागार प्रशासनबाट कैदीबन्दीलाई फर्कन सूचना जारी भएको छ, प्रहरीले फरार रहेकाको खोजी गरिराखेको छ ।'

रासस

Link copied successfully