गाउँसभाले यसअघि कार्यपालिकाले विभिन्न समयमा गरेका निर्णय पारित गर्दै केही योजनासमेत संशोधन गरेको सभाका सदस्य–सचिव एव प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।
बैतडी — शिवनाथ गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न भएको गाउँसभाको १६औं अधिवेशनले पाँच विधेयक पारित गरेको पालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गाउँसभा सञ्चालन तथा कार्यसञ्चालन विधेयक २०८२, गाउँपालिकाको लेखा समिति गठन तथा कार्य सञ्चालन विधेयक २०८२, बालअधिकार संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक २०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ र बेरुजु फर्स्योट विधेयक २०८२ पारित गरेको उनले बताए ।
यस्तै अधिवेशनले यसअघि कार्यपालिकाले विभिन्न समयमा गरेका निर्णय पारित गर्दै केही योजनासमेत संशोधन गरेको सभाका सदस्य–सचिव एव प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए ।
