जैशी साविकको माओवादी केन्द्र पृष्ठभूमिका हुन् भने सुनार साविकको एकीकृत समाजवादीकी कार्यकर्ता हुन् ।
धनगढी — नेकपाले राष्ट्रिय सभाका लागि सुदूरपश्चिममा दुई जनाको उम्मेदवारी दर्ता गरेको छ । बुधबार दिउँसो टीकाराम जैशी र रोजी बस्नेत सुनारले नेकपाबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
जैशी साविकको माओवादी केन्द्र पृष्ठभूमिका हुन् भने सुनार साविकको एकीकृत समाजवादीकी कार्यकर्ता हुन् ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार सुदूरपश्चिममा जम्मा मतभार ६ हजार एक सय छ । जस अन्तर्गत नेकपाको मतभार एक हजार ८ सय प्रदेश सभा सदस्यबाट २ हजार ७५६ र स्थानीय तहको ३ हजार ३४४ रहेको छ ।
सुदूरपश्चिम प्रदेश सभा मतदाता संख्या ५२ छ भने स्थानीय तहको संख्या ८८ रहेको छ । सुदूरपश्चिममा नेकपाको कुल मतभार एक हजार ८१६ रहेको छ ।
