एमालेले कञ्चनपुर २ मा मतदानबाट टुंग्यायो उम्मेदवार सिफारिस

जिल्ला अध्यक्ष लक्ष्मी बुढा भने निर्वाचनमा पराजित भएकी छन् ।

पुस २१, २०८२

भवानी भट्ट

UML finalizes candidate recommendation in Kanchanpur 2 through voting

कञ्चनपुर — फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुरले क्षेत्र नं. २ मा निर्वाचनबाट उम्मेदवार टुंगो लगाई सिफारिस गरेको छ ।

आइतबार भएको मतदानबाट पूर्वकेन्द्रीय सदस्य  नरबहादुर धामी र बेदकोट नगरपालिकाका पूर्वप्रमुख अशोककुमार चन्द निर्वाचित भएका हुन् । 

यसैगरी महिलातर्फ पार्वती जोशी निर्वाचित भइन् । जिल्ला अध्यक्ष लक्ष्मी बुढा भने निर्वाचनमा पराजित बन्न पुगेकी छन् । 

क्षेत्र नं. १ र क्षेत्र नं. ३ मा छलफल जारी रहेको प्रचार विभाग प्रमुख जनकराज अवस्थीले बताए ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully