चिसो बढेपछि तीन पालिकाका विद्यालयमा बिदा

लगातारको शीतलहरका कारण चिसो अत्यधिक बढेकाले बालबालिका प्रभावित हुन सक्ने भन्दै बिदा दिने निर्णय गरेको हो।

पुस २१, २०८२

भवानी भट्ट

Schools in three municipalities closed due to increasing cold

कञ्चनपुर — लगातारको शीतलहरसँगै चिसो बढेपछि कञ्चनपुरका तीन स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।

यहाँका बेलौरी नगरपालिका तथा लालझाडी र बेलाडाँडी गाउँपालिकाले विद्यालयमा बिदा दिने निर्णय गरेका हुन्। 

बेलौरी नगरपालिकाले २२ देखि २५ गतेसम्म, बेलडाँडीले २१ देखि २३ गतेसम्म र लालझाडी गाउँपालिकाले २२ र २३ गते बिदा दिने निर्णय गरेको हो। 

केही दिनयता लगातारको शीतलहरका कारण चिसो अत्यधिक बढेकाले बालबालिकाहरु प्रभावित हुन सक्ने भन्दै बिदा दिने निर्णय गरेको हो।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully