सुदूरपश्चिममा नेकपाका उम्मेदवार : अखिल क्रान्तिकारीबाटै १० जना

प्रत्यक्षमा ९ र समानुपातिकमा १ जना

पुस २०, २०८२

मोहन पनेरु

NCP candidates in the Far West: 10 from Akhil Krantikari

डोटी — अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फ १० जना सिफारिस भएका छन् ।

आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि नेकपाबाट एक जना समानुपातिक र नौ जना प्रत्यक्षतर्फ सिफारिस भएको अखिल (क्रान्तिकारी) सुदूरपश्चिम अध्यक्ष वीरबहादुर थापाले जानकारी दिए । उनले सङ्गठनप्रतिको निरन्तर योगदान, निष्ठा र क्षमताको कदरस्वरूप नवयुवा तथा युवा वर्गबाट प्रतिनिधित्वका लागि सिफारिस भएको जानकारी दिए ।

सिफारिस हुनेहरूमा केन्द्रीय उपाध्यक्ष दिपा जैसी (कैलाली क्षेत्र नं. ४), सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर थापा (डोटी जिल्ला), केन्द्रीय सचिव वीरेन्द्र जी.सी. (कैलाली क्षेत्र नं. ३), निवर्तमान कैलाली अध्यक्ष शिवराज सञ्ज्याल (कैलाली क्षेत्र नं. २) रहेका छन् ।

त्यस्तै अछाम जिल्ला इन्चार्ज चन्द्र भण्डारी (अछाम क्षेत्र नं. १), सुदूरपश्चिम प्रदेश सचिव मनोज पुन मगर (कैलाली क्षेत्र नं. ५), केन्द्रीय सदस्य राजीव नेपाली (कञ्चनपुर क्षेत्र नं. ३), सुदूरपश्चिम प्रदेश विभागीय इन्चार्ज हेमराज अवस्थी (कञ्चनपुर क्षेत्र नं. २), कैलाली जिल्ला अध्यक्ष तपेन्द्रबहादुर शाह (कैलाली क्षेत्र नं. १) र कैलाली जिल्ला उपाध्यक्ष बम बहादुर विश्वकर्मा (कैलाली क्षेत्र नं. ४) सिफारिस भएका छन् ।  दीपा जैसी समानुपातिक र अन्य सबै प्रत्यक्षतर्फ सिफारिस भएका हुन् ।

मोहन पनेरु

Link copied successfully