सुदूरपश्चिमका पाँच जिल्लाका १० जनाको नाम बन्दसूचीमा ।
धनगढी — नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवारको सूचीमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र अछामका उम्मेदवार मात्रै समेटेको छ ।
कञ्चनपुर र कैलालीका तीन–तीन, अछामका दुई तथा बाजुरा र डोटीबाट एक–एक जना समानुपातिक उम्मेदवार बन्द सूचीमा समावेश छन् । बझाङ, बैतडी, दार्चुला र डडेल्धुराबाट उम्मेदवार समावेश गरिएको छैन ।
जसमध्ये कैलालीबाट प्रेम बयक, कमला ज्ञवाली र गणेश विश्वकर्मा, कञ्चनपुरबाट निराशा चौधरी, बीरबहादुर बुढाथोकी र रामअवतार थारु रानाको नाम समानुपातिक सूचीमा छ । यस्तै, अछामबाट निर्मला साउँद, भीमबहादुर भण्डारी, बाजुराबाट विनिता विक र डोटीबाट अञ्जिता श्रेष्ठको नाम नेकपाले उम्मेदवारको बन्द सूचीमा समावेश गरेको छ ।
