कांग्रेसको समानुपातिक उम्मेदवारमा सुदूरपश्चिमका सबै जिल्ला समेटिए 

उम्मेदवारको सूचीमा कैलाली र कञ्चनपुरबाट दुई–दुई जना छन् भने अन्य सात जिल्लाबाट एक एक जनाको नाम समावेश गरिएको छ ।

पुस १६, २०८२

अर्जुन शाह

All districts of the Far West included in the Congress' proportional representation candidates

धनगढी — कांग्रेसले समानुपातिकतर्फ निर्वाचन आयोगमा पेस गरेको सूचीमा सुदूरपश्चिमका नौ वटै जिल्ला समेटेर ११ जनाको नाम समावेश गरेको छ ।

उम्मेदवारको सूचीमा कैलाली र कञ्चनपुरबाट दुई–दुई जना छन् भने अन्य सात जिल्लाबाट एक एक जनाको नाम समावेश गरिएको छ । 

कैलालीबाट यज्ञनिधि कोइराला (खस आर्य पुरुष) र रिता चौधरी (थारु महिला), कञ्चनपुरबाट तौला राना (थारु पुरुष) र कल्पना केसी (खस आर्य महिला) रहेका छन् ।

यस्तै, दार्चुलाबाट करवीर कार्की (खस आर्य पुरुष), बैतडीबाट दीपेन्द्र बम (खस आर्य पुरुष), बाजुराबाट विद्या तिमल्सिना (पिछडिएको क्षेत्र), डोटीबाट प्रसिस महरा (खस आर्य पुरुष), अछामबाट टेकबहादुर बिक (दलित पुरुष), बझाङबाट सुन्दर स्नेही (दलित पुरुष), डडेल्धुराबाट हरिना कामी (दलित महिला) रहेका छन् । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully