कपडा सुकाउने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि उनलाई करेन्ट लागेको थियो ।

पुस १४, २०८२

रासस

Woman dies after being electrocuted while drying clothes

कञ्चनपुर — कञ्चनपुर बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरमा धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोएपछि करेन्ट लाग्दा २८ वर्षीया हरिना चौधरी घाइते भएकी थिइन् । घाइते अवस्थामा रहेकी चौधरीलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी पठाइएको थियो ।

उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

रासस

Link copied successfully