जेष्ठ क्रियाशील सदस्यहरुले पार्टी संगठन निर्माण र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्ने कार्यक्रम संचालनमा ल्याएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
बैतडी — नेपाली कांग्रेस बैतडीले जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान थालेकाे छ ।
डेड वर्षअघि जिल्ला कार्यसमितीले गरेको निर्णय अनुसार जिल्लाभरीका जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिरहेको कांग्रेस बैतडीका सचिव प्रेम चन्दले बताए । ‘जिल्ला कार्यसमिति प्रत्येक वडामा गएर वडाका जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिरहेको छ,’ उनले भने, ‘अहिलेसम्म ७१ वडामासम्मान कार्यक्रम सम्पन्न गरिसकेका छौं ।’
शनिबार दोगडाकेदार गाउँपालिका–२, ३ र ७ वडामा रहेका जेष्ठ क्रियाशील सदस्यलाई गाउँपालिका पार्टी कार्यालय खिरेगाउमा सम्मान गरिएको छ ।
जेष्ठ क्रियाशील सदस्यहरुले पार्टी संगठन निर्माण र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्ने कार्यक्रम संचालनमा ल्याएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान पत्र र खादा लगाएर सम्मान गर्ने गरिएको छ ।
जिल्लाका ८४ वडामध्ये दोगडाकेदार गाउँपालिकाका ३ पुर्चौंडी नगरपालिकाका १० वडाका जेष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने कार्यत्रम बाँकी रहेको कांग्रेस बैतडीले जनाएको छ । बाँकी १३ वडामा पनि जिल्ला अधिबेसन अगाडि नै सम्पन्न गरिसक्ने सचिव चन्दले बताए ।
