२८ वर्षीय खेम साउदको मृत्यु
What you should know
डोटी — डोटीको जोरायल गाउँपालिका–६ गापरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मंगलबार दिउँसो २ बजे जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य २८ वर्षीय खेम साउद आफ्नै कोठामा रहेको बिजुलीको तार सर्ट भई छातीमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
करेन्ट लागेपछि घाइते साउदलाई आफन्तहरूले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्याएका थिए ।
उपचारका क्रममा साँझ ५ बजेर २७ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
