कैलालीमा एकै दिन २४ जना फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका २४ जनालाई प्रहरीले एकै दिन पक्राउ गरेको हो।

पुस ८, २०८२

रञ्जना बिसी

24 absconding defendants arrested in Kailali in a single day

कैलाली — कैलालीमा एकै दिन २४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका २४ जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ।

फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।

रञ्जना

Link copied successfully