दुर्घटनामा मार्मा गाउँपालिका–६ का केशव जोशीको मृत्यु भएको छ
दार्चुला — शनिबार राति दार्चुलाको मार्मा गाउँपालिका-३ भैसेबगडनजिक जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मार्माको लटिनाथ बजारबाट भैसे बगडतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ड २६०४ नम्बरको जिप शनिबार राति ९ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मार्मा गाउँपालिका–६ का केशव जोशीको मृत्यु भएको छ । मार्मा–६ को सेरी बस्ने चालक माधव महरा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते महराको लटिनाथ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोकुलेश्वरतर्फ लगिएको प्रहरीले जनाएको छ ।
