सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

पुस ३, २०८२

मोहन पनेरु

Public holiday on Friday in Sudurpaschim Province

डोटी — सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा प्रदेश सरकारले पुस ४ गते भोलि प्रदेशभर सार्वजनिक बिदा दिएको हो । 

बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ । पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझांगीहरुले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन् ।

सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन छ ।

मोहन पनेरु

Link copied successfully