पासोमा पर्‍यो चितुवा

चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको सँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

मंसिर २९, २०८२

रासस

Leopard caught in a trap

दशरथचन्द (बैतडी) — बैतडीमा स्थानीयले जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको छ । यहाँको सिगास गाउँपालिका–२  धौलाडी, भिमराडीमा जङ्गली जनावरका लागि थापेको पासोमा चितुवा फसेको हो । 

अन्दाजी तीन वर्षको चितुवा फसेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिए । गएराति नै चितुवा पासोमा परेको आज बिहान मात्रै जानकारी आएको उनको भनाइ छ ।

अहिले सब डिभिजन वन कार्यालय गाजरीबाट उक्त क्षेत्रमा टोली खटिएको छ । अगाडिपट्टिको खुट्टा पासोको फसेको र चितुवाको उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा, कञ्चनपुरको टोलीसँग समन्वय भइरहेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 

जिल्लामा पासो परेका तथा घाइते चितुवाको उद्धारका लागि जनशक्ति र स्रोतसाधन नहुँदा समस्या हुने गरेको छ ।

रासस

Link copied successfully