प्रतिनिधिसभा निर्वाचन : कांग्रेस दार्चुलाबाट पूर्वमन्त्री बडूको एकल सिफारिस

कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाको बैठकले प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडूको नाम एकल सिफारिस गरेको हो ।

मंसिर २६, २०८२

मनोज बडू

House of Representatives election: Former Minister Badu's single recommendation from Congress Darchula

दार्चुला — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस दार्चुलाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ दिलेन्द्रप्रसाद बडूको नाम एकल सिफारिस गरेको छ ।

कांग्रेस जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षतर्फ बडूको नाम एकल सिफारिस गरेको कांग्रेस दार्चुलाका सभापति ललितसिंह बोहराले बताए । 

उनका अनुसार समानुपातिकतर्फ करबिरसिंह कार्की, महिलाबाट आनन्दी पन्त भट्ट, राष्ट्रिय सभाको लागि पुरुषतर्फ महादेव बडु, गणेशराज भट्ट, चन्द्रसिंह सामन्त र महिलातर्फ द्रोपती डाँगा, विसन्ता सिनाल, शान्ति कार्की र देउमा लोथ्यालको नाम सिफारिस गरिएको हो । 

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully